Back to Announcements
नेपालमा हिमपहिरो पिडितहरुको लागि ग्रेटर बोस्टन नेपाली कम्युनिटीले आर्थिक सहयोग संकलन गर्ने
| Posted By: president | Posted on: 2012-05-07 20:42:20.103 |
नेपालमा बैशाख २३ गते सनिबार कास्की जिल्लामा हिमपहिरोको कारण दर्जन भन्दा बढीको मृत्यु र दर्जनौको बेपत्ता भएको खबर सबैलाइ थाहा भएकै कुरा हो | तसर्थ नेपालीको लागि नेपाली भनेझैं स्वोदेश तथा बिदेशमा बस्ने नेपालीहरुले यस दुखद घडीमा आर्थिक तथा मानबिय सहयोग गर्नु पर्ने आबस्यकता टड्कारो रुपमा देखिएको छ | तसर्थ ग्रेटर बोस्टन नेपाली कम्युनिटीले यस दुखद घटना बाट पिडित नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाइ परदेश बाटै भए पनि आर्थिक सहयोग संकलन गरि संबन्धित निकायमा पुर्याउने निर्णय गरेको छ | आर्थिक सहयोग पारदर्शीका साथै सहयोग गर्नेहरुको नामावली वेवसाइट मार्फत सार्बजनिक गरिने जानकारी गराउदछौ | आर्थिक सहयोग गर्नका लागि ग्रेटर बोस्टन नेपाली कम्युनिटीका निम्न सदस्यहरु संग सम्पर्क गर्नु हुन् अनुरोध गर्दछौ | अधक्ष् : श्री लिला राउत : | |
