Back to Announcements
बैशाखी सांझको पूर्ण तयारी
| Posted By: Jangbu Sherpa | Posted on: 2009-04-01 22:57:08.72 |
नेपाली नयाँ बर्ष २०६६ शालको पावन अबसरमा ग्रेटर बोस्टन नेपलीज़ कम्युनिटीद्वारा यहि आउदो अप्रिल १३, तारिक सोमबार बैशाखी सांझ कार्यक्रम गर्ने पूर्ण तयारी भएको छ | सरद ऋतुको आगमनसंगै नेपाली नयाँ बर्षको आगमनले बिस्वभर छरियर रहेको संपूर्ण नेपालीहरुमा नयाँ उमंग र उत्साह थप्ने भएको छ | यस् संस्थाले हरेक बर्ष नेपाली नयाँ बर्षलाई बैशाखी साँझको रुपमा धूमधाम संग मनाउदै आएको छ | गत बर्ष पनि चर्चित लोक गायिका शिला आले र क्रान्ति आलेको उपस्थितिमा बैशाखी साँझ सम्पन्न भएको थियो | यस् बर्षभने नेपाली संगीतको क्षेत्रमा संधै चर्चामा रहिरहनु हुने सर्बाधिक गायिका कुन्ति मुक्तानको उपस्थिति रहने छ | त्यसैले यो बैसाखी सांझलाइ चाखपुर्बक रुपमा लिइएको छ | साथै संस्थाले कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न संपूर्ण कार्यकारी सदस्यहरुलाई सम्बंधित कार्य बिभाजन गरिसकेको छ | अत नयाँ बर्ष २०६६ शालको पावन आगमनमा ग्रेटर बोस्टन नेपलीज़ कम्युनिटी संपूर्ण नेपालीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछ | साथै आउदै गरेको बैसाखी सांझमा यहांहरुको सुखद उपस्थितिको अपेक्षा गरेका छौ |
धन्यबाद ग्रेटर बोस्टन नेपलीज़ कम्युनिटी परिवार | |
