आदरणीय ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्नुहुने समस्थ नेपाली समुदायमा ग्रेटर बोस्टन नेपाली कम्युनिटीवाट गठित निर्वाचन समितिको जरूरी सूचना ।।
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को कार्य समितिको गत अगस्ट १७ तारेख सम्पन्न बैठकको निर्णयले गठित निर्वाचन समितिले (जि.वि.एन.सि.)को आगामी २०१६-२०१८ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्नगर्न जि.वि.एन.सि.को विधानको अधिनमा रहि यो सूचना र निर्वाचन तालिका निम्नानुसार प्रकाशन गरीएको छ ।
१ आगामी दुई (२०१६-२०१८ ) बर्षको लागी हुन गईरहेको निर्वाचनमा निम्नानुसरको पद र संख्यामा निर्वाचन हुनेछ ।
अध्यक्ष - संख्या १
वरिष्ठ उपाध्यक्ष - संख्या १
उपाध्यक्ष - संख्या १
महासचिब - संख्या १
सचिब - संख्या १
कोषाध्यक्ष - संख्या १
सह कोषाध्यक्ष - संख्या १
सदस्य - संख्या २४
२ निर्वाचनमा चुन्न र चुनिनको लागी ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता आनिर्वायरूपमा लिएको हुनु पर्नेछ ।
३ आगामी दुई (२०१६-२०१८ ) बर्षको लागी हुन गईरहेको निर्वाचनमा २० सेप्टेम्बर २०१६ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागी योग्य हुनेछन।
४ सेप्टेम्बर २०, २०१६ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरूको नामावली माथी छानबिन गरी (जि.वि.एन.सि.)को कार्य समितिले सम्पूर्ण सदस्यको विवरण र सदस्यता रसिदको अर्धकट्टी र सदस्यता शुल्कको विबरण समेत सेप्टेम्बर २५ ,२०१६
सम्म निर्वाचन समितिलाई दाखिला गरी सक्नु पर्ने छ ।
५ ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को कार्यसमितिले बुजाएको सदस्यता नामावलि निर्वाचन समितिले २६ सेप्टेम्बर २०१६ का दिन दिउसो १२ बजे निर्वाचन समितिको कार्यलयमा प्रकाशन गर्नेछ ।
६ सेप्टेम्बर २६, २०१६ दिनको १ देखी ३ बजे सम्म मतदाता नामाबली उपर दावी विरोध गर्न सकिनेछ ।
७ सेप्टेम्बर २६, २०१६ दिनको ४ बजे अन्तिम नामावली प्रकाशन गरीनेछ ।
८ अक्टोबर २ आईतबार २०१६ का दिन दिनको १२ बजे देखि अक्टोबर ३ सोमबार २०१६ दिनको १२ बजे सम्म उम्मेदारी दाखिला गर्न सकिनेछ ।
९ अक्टोबर ३ सोमबार २०१६ दिनको १ बजे उम्मेदारहरूको नामावली प्रकाशन ।
१० अक्टोबर ३ सोमबार २०१६ दिनको १:३० देखि २:३० सम्म उम्मेदारहरूको नामावली माथी दावी विरोध ।
११ अक्टोबर ३ सोमबार २०१६ दिनको ३ बजे उम्मेदारहरूको अन्तिम नामावलि प्रकाशन ।
१२ अक्टोबर ३ सोमबार २०१६ दिनको ३:३० बजे देखि ५:३० बजे सम्म निर्वाचन ।
१३ अक्टोबर ३ सोमबार २०१६ निर्वाचन सम्पन भएपछि मतगणना र घोषणा ।
१४ निर्वाचन समितिको कार्यलय Himalayan Heritage Cultural Academy
167 Bow St
Everett, MA 02149 मा तोकिएको छ ।
१५ निर्वाचन संग सम्वन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।
१६ नवनिर्वाचित कार्यसमितिलाई अक्टोबर ८ तारेख शनिबार ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)ले आयोजना गरेको दशै पाटी॔ (29 central st Somerville MA 02143) मा पद तथा गोपनियताको सफथ र प्रमाण पत्र हस्तान्तरण गरीनेछ ।
१७ उम्मेदवारी शुल्क अध्यक्ष १०० डलर, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष ५० डलर र सदस्यहरूलाई ३० डलर तोकिएको छ ।
धन्यबाद,
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)निर्वाचन समिति
निर्वाचन समिति र सम्पर्क फोन:-
भूबन गुरूङ् 1 (617) 610-8374
महेश्वर पन्त 1 (508) 254-3193
विरोचन नेपाल 1 (857) 719-6333