Back to Announcements
कास्कीको सेती नदी पिडितको ऊद्दार को लागी अमेरिकामा रहेका नेपालीहरुमा मा अपिल !
| Posted By: president | Posted on: 2012-05-06 14:47:01.68 |
| अमेरिकामा रहेका सम्पुर्ण आदरणिय नेपाली मित्रहरु ,
नमस्ते !
नेपालको कास्की जिल्लामा मा बैसाख २३ गते शनिवारका का दिन अकस्मात कस्तो डरलाग्दो दु:खद घटना ।सोचे को न सम्झेको । बिपत्ती र दुर्घटना बाजा बजायर आऊदैन भनेको साचो रहेछ । भिडियो र फोटो हेर्दा मानव जिवनको दुर्दशा, बिभत्स र बिक्षिप्त अवस्था ।१४ जना को शव भेटिएपनी पचासौको अबस्था अज्ञात । एउटा मानब बस्ती(खारा) नै सखाप, ठुलो जन धनको क्षति चौपाय र चराचर जिवको अवशान ।पबित्र सेती नदीमा एकछत्रै हिलो कमेरो,र फोहोरले माहामारी रोग निम्त्याऊला भन्ने डर ! सेती नदिको ढुङगा गिटि वालुवाले जिवन धान्ने हरुको बिजोग, ।मर्ने बाच्ने दुवैलाई दुर्दशा निम्त्याएर नियतिले कास्कीवासी र सेती नदि वरपर बस्नेको लागी ठुलो अन्याय गरेको छ ।देश बिदेश बस्ने नेपाली सबै स्तब्ध भएको अवस्था छ ।
यस्तो
मानविय बिपत्ती , दैवी प्रकोप,र दुर्दशा भएको छ कास्कीमा ,एक नेपाली लाई
पर्दा अर्को नेपालीले छाक टार्ने चलन हो हाम्रो, मान्छे भएर मान्छेको लागी
केही गर्न सकिन्छ कि सोच्ने स्थिति आइपरेको छ त्यहा । देश गरिब छ, नेपाल
सरकार एक्लैले राहत को चाजोपाजो मिलाऊन सक्ला जस्तो लाग्दैन। त्यसैले
पिडित परिवारको सहयोगार्थ रेडियो अन्नपुर्ण पोखराले स्थानिय स्तरमा
हिजैदेखि राहत
कोष खडा गरी रकम सँकलन गर्ने कार्य जारि राखेको छ ।देश विदेश हुने थुप्रै
थुप्रै महानुभाबको सहयोग पुगेको खबर आईरहेछ । कतिपय बिदेश हुने साथिहरुले
छुट्टै सहयोग अभियान जारी राखेको पनि पाईएको छ ।
यस
घटना ऊपर अमेरिकामा रहेका नेपाली हरु पनी सँवेदनशिल भएको अबस्था छ । आफुले
गरेको मानविय धर्म अन्त कतै जादैन आफैसँग रहन्छ अत:आफ्नो सानो सहयोगले
प्रभावित ठाऊमा ठुलै राहत पुराऊन सक्छ भन्ने कुरा लाई मध्यनजर गरी
अमेरिकामा भएका प्रवासि नेपालीले पनि आफ्नो मानविय कर्तब्यलाई मनन गरी
आफ्ना बिभिन्न सँघ सँस्था जस्तै एन आर एन ,/ ए एन ए,/ जि बि एन सि /,आदी
मार्फत आफुसक्य
सहयोग यथाशिघ्र जुटाऊनु हुनेछ र सेति पिडित नेपालीको पक्षमा पठायर आफ्नो
धर्म आफैले निर्वाहा गरी आफुलाई धन्य धन्य तुल्याऊनुहुनेछ भन्दै सेती
नदीको भुमरिमा परी ज्यान गुमाऊने प्रती हार्दिक श्रद्दासुमन सहित घाईते
तथा हराएका नेपाली हरुको यथोचित ऊद्दार को लागी भगवान सँग प्रार्थाना
गर्दछू ।
यम पौडेल "मट्टीखान"
पार्दी, पोखरा हाल: बोष्टन अमेरिका
E: mail : poudelyem@yahoo.com | |
