Back to Announcements
ANA कन्भेन्शन २०१० बोस्टनमा हुने (समाचार बिचार)
| Posted By: Milan Gurung | Posted on: 2009-09-17 20:19:02.293 |
२०१० मा आयोजना हुने ANA कन्भेन्शनको पुर्ब तयारीको लागी यस सस्थाका उप-अधक्ष मेदिनी अधिकारी बोस्टन पुगेका थिए | बोस्टन स्थित ग्रेटर बोस्टन नेपालिज कम्युनिटी र ANA को सहयोग र निर्देसनमा २०१० को कन्भेन्शन केही भिन्नै र नेपाल अनी नेपालीहरुको सार्थक परिचय गराउने गरी भब्य रुपमा सफल पार्ने एक एतिहासिक निर्णय गरेको छ | दी एसोसिअशन ऑफ़ नेपलिज इन अमेरकाका उप- अधक्ष मेदिनी अधिकारी साथै फ़ाउन्डर मेम्बर प्रलाद के.सी लगाएत बृहत् स्थानीय जनसमुदयको उपस्थितिमा ANA २०१० कसरी अलग पहिचानका साथ गर्न सकिन्छ भन्ने बारे छलफल कार्यक्रम भएको थियो | उक्त कार्यक्रममा ANA ले गएको २५ बर्स देखि गर्दै आएको कन्भेनसनहरुको झलक देखाइएको थियो | साथै ANA २०१० को पुर्ब तयारीको लागी ग्रेटर बोस्टन नेपलिज कम्युनिटिका बर्तमान अधक्ष जाङ्बु शेर्पा र भाबिस्यमा हुने अधक्ष उत्सब गुरुंग, ANA को एक्जीक्यूटिव मेम्बरमा, सुंदर गुरुङ् कन्भेनरमा र अरु चार को-कन्भेनरहरुमा ध्रुब घिमिरे, बिष्णु कार्की, लीला राउत र प्रेम तामांग चयन गरिएको छ भने अरु कार्य समितिहरू छिट्टै गर्ने निर्णए गरेको छ | महाबीर पुनहरु जस्ता ब्याक्तिहरुलाई संस्थाले सहयोग गर्ने र बिशेस गरी टेक्निकल फिल्डमा नेपाल र नेपालीहरुको लागी यो संस्थाले सक्दो सहयोग गर्ने बिचार उप-अधक्ष मेदिनी अधिकारीले ब्यक्त गर्नुको साथै बोस्टनबासी नेपालीहरुलाइ आना बोस्टनमा ल्याउन सफल भएकोमा बधाई दिए | यस्तै ANA २०१० बोस्टनमा ल्याउन सार्थक भूमिका खेल्ने अहिलेका कन्भेनर सुन्दर गुरुंगले संपूर्ण बोस्टनबासी नेपालीहरुको सहयोग र सहभागिताले ANA २०१० सबै भन्दा राम्रो कन्भेन्शन हुने प्रतिबद्दता ब्यक्त गरे | सांझ परे पछि अल्स्टन स्थित नेपाली रेस्टुरेंट माउन्ट एभ्रेस्टमा उप-अधक्ष मेदिनी अधिकारिलाई बिधाई तथा रात्रिभोज कार्यक्रम गरिएको थियो | यसै शिल-शिलामा वहांले कार्यगत एकता र सहकार्यका साथ ANA २०१० सफल गर्न सकिन्छ भन्दै सबैको सहकार्य महत्वोपूर्ण हुने बताए | | |

अमेरिकामा नेपाली जनसमुदायहरुको ठुलो भेला अर्थात ANA कन्भेन्शन गर्ने संस्था दी एसोसिअशन ऑफ़ नेपालिज इन अमेरकाले आउने