Executive members

  • Utsab Gurung, President
  • Dhruba Ghimire, V President
  • Lila Raut, Secretary
  • Milan Gurung, Treasurer
  • Ram Thapa, Co-Treasurer
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements


बैशाखी सांझ धुमधामका सम्पन्न

Posted By: Milan Gurung Posted on: 2009-04-14 22:44:18.797

नेपाली नयाँ बर्ष २०६६ शालको पावन अबसरमा ग्रेटर बोस्टन नेपलीज़ कम्युनिटीद्वारा आयोजित बैशाखी शांझ रमणीय बोस्टन सहरमा धुमधामका साथ सम्पन्न भयो | करीब ५०० नेपालीहरुको जमघट रहेको उक्त कार्यक्रम पहिलाको भन्दा अली भिन्न तरिकाले प्रस्तुत गरिएको थियो |

 नेपाली रास्ट्रीय गान बाटा सुरु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री जाङ्बु शेर्पाले स्वागत मनतब्य दिनुभएको थियो भने संस्थाका महासचिब ध्रुब घिमिरेले शुभकामना सहित कबिता बाचन गर्नु भएको थियो | नेपाली संगीतको आकसमा संधै चर्चित,सर्बाधिक र सदाबहार गायिका कुन्ति मोक्तानले थुप्रै मीठा मीठा गीतहरु गाउनु भएको थियो | साथै स्थानीय कलाकारहरुले पनि  नेपाली संस्कृति झाल्किने नृत्यहरु प्रस्तुत गरेका थिए | कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष श्री उत्सब गुरुंगले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने सल्हाकार सदस्य अच्युत अधिकारी बाटा कलाकारहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो र उक्त कार्यक्रम संचालन मिलन गुरुंग र तरशा उपाध्यले गरेका थिए |  

यस् संस्थाले हरेक बर्ष नेपाली नयाँ बर्षलाई बैशाखी साँझको रुपमा धूमधाम संग मनाउदै आएको छ | गत बर्ष पनि चर्चित लोक गायिका शिला आले र क्रान्ति आलेको उपस्थितिमा बैशाखी साँझ सम्पन्न भएको थियो |     
:: Add new announcement