Back to Announcements
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)ले गठन गरेको निर्वाचन समितिको जरूरी सूचना!!!
Posted By: president | Posted on: 2020-12-15 13:14:04.13 |
ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्नुहुने समस्थ आदरणीय नेपाली भाषी जनसमुदायलाई ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)ले गठन गरेको निर्वाचन समितिको जरूरी सूचना!!! ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.) कार्य समितिको गत डिसेम्बर १ तारेख २०२० मा सम्पन्न सचिबालय बैठकको निर्णयले गठित निर्वाचन समितिले ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को आगामी २०२०-२०२२ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्न गर्न जि. वि. एन. सि.को संशोधित विधान २०१६ को अधिनमा रहि यो सूचना र निर्वाचन तालिका निम्नानुसार प्रकाशन गरीएको सम्वन्धित सबैलाई जानकारी गराईन्छ । १, आगामी दुई (२०२०-२०२२ ) बर्षको लागी हुन गईरहेको निर्वाचनमा निम्नानुसरको पद र संख्यामा निर्वाचन हुनेछ । अध्यक्ष - संख्या १ वरिष्ठ उपाध्यक्ष - संख्या १ उपाध्यक्ष - संख्या २ महिला उपाध्यक्ष - संख्या १ महासचिब - संख्या १ सचिब - संख्या १ कोषाध्यक्ष - संख्या १ सह कोषाध्यक्ष - संख्या १ सदस्य - संख्या २४ २, निर्वाचनमा चुन्न र चुनिनको लागी ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता आनिर्वायरूपमा लिएको हुनु पर्नेछ । ३, आगामी दुई (२०२०-२०२२) बर्षको लागी हुन गईरहेको निर्वाचनमा १० जनवरी २०२१ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागी योग्य हुनेछन। ४, १० जनवरी २०२१ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को सदस्यता लिएका महानुभाबहरूको नामावली माथी छानबिन गरी (जि.वि.एन.सि.)को कार्य समितिले सम्पूर्ण सदस्यको विवरण र सदस्यता रसिदको अर्धकट्टी र सदस्यता शुल्कको विबरण समेत जनवरी १६ तारेख २०२१ सम्म निर्वाचन समितिलाई दाखिला गरी सक्नु पर्ने छ । ५, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को कार्यसमितिले बुझाएको सदस्यता नामावलि निर्वाचन समितिले जनवरी १७ तारेख २०२१ का दिन दिउसो ५ बजे निर्वाचन समितिको कार्यलयमा प्रकाशन गर्नेछ । ६, जनवरी १८ तारेख सोमबार, २०२१ दिनको १ देखी ३ बजे सम्म मतदाता नामाबली उपर दावी विरोध गर्न सकिनेछ । ७, जनवरी १८ तारेख २०२१ दिनको ३:३० बजे अन्तिम नामावली प्रकाशन गरीनेछ । ८, जनवरी २५ तारेख २०२१ का दिन विहान १२ बजे देखि दिनको २ बजे सम्म उम्मेदारी दाखिला गर्न सकिनेछ । ९, जनवरी २५ तारेख २०२१ दिनको ३ बजे उम्मेदवारी नामावाली प्रकाशन गरीनेछ । १०, जनवरी २५ तारेख २०२१ दिनको ३ देखि ४ बजे सम्म उम्मेदारहरूको नामावली माथी दावी विरोध । ११, जनवरी २५ २०२१ दिनको ४:३०बजे उम्मेदारहरूको अन्तिम नामावलि प्रकाशन । १२, जनवरी ३१ तारेख २०२१ दिनको ३ बजे देखि ५ बजे सम्म निर्वाचन । १३, निर्वाचन हुने स्थान:- पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन 594 Washington St Braintree MA 02184 United States १४, जनवरी ३१ तारेख आईतबार २०२१ निर्वाचन सम्पन भएपछि मतगणना र घोषणा । १५, निर्वाचन समितिको कार्यलय पशुपतिनाथ बुद फाऊण्डेसन अफ न्यू ईग्लांण्डको भबन 594 Washington St Braintree MA 02184 United States मा तोकिएको छ । १६, निर्वाचन संग सम्वन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ । १७, उम्मेदवारी शुल्क अध्यक्ष १०० डलर , वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिब,सचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष ५० डलर र सदस्यहरूलाई ३० डलर तोकिएको छ । धन्यबाद ।। ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)निर्वाचन समिति २०२० Note: The people will be allowed inside the Building as per the State and Local Covid19 Safety guidelines with approval by the Building Management. निर्वाचन समिति र सम्पर्क फोन:- रूकमिणी कार्की सदस्य -निर्वाचन समिति 1 (617) 953-5627 भूबन गुरूङ् सदस्य- निर्वाचन समिति 1 (617) 610-8374 विरोचन नेपाल संयोजक -निर्वाचन समिति 1 (857) 719-6333 डिसेम्बर ११,२०२० |