Executive members

  • Mr. Milan Gurung, President
    Mr. Ram Thapa, Sr.Vice President
    Mr. Bishnumani Acharya,Vice President
    Mrs.Devi Oli Thapa, General Secretary
    Mr. Arjun Kunwar, Secretary
    Mr.Bhakta Gurung, Treasurer
    Mr.Pushpa Shreshtha,Assistant Treasurer
    Mr.Yem Paudel, Media Director
    Mr.Sunil Nepali(Publication Officer)
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements


१९९ औँ भानु जयन्ती : दशककै ठुलो साहित्यिक जमघट


Posted By: president Posted on: 2012-07-30 17:21:26.743

बोष्टन ,२२ जुलाई| अमेरिकाको बोष्टनमा अन्तराष्टिय नेपाली साहित्य समाज बोष्टन च्याप्टर (अनेसास बोष्टन) तथा नेपाली हरुको छाता सँस्था ग्रेटर बोष्टन नेपालीज् कम्युनिटी (जिबिएनसि) को आयोजनामा नेपाल का राष्टिय बिभुति तथा आदिकवि भानुभक्त आचार्यको जन्म दिवसको सु -अवशरमा ग्रेटर बोष्टनको क्याम्ब्रिज सिटिको १६ बिच स्ट्रीट स्थित नेपलिज कम्युनिटि चर्च को सभाहलमा हिजो जुलाई २१,२०१२ का दिन “१९९औ भानु जयन्ती” भब्य एवँ धुमधाम सँग सम्पन्न भयो।


 199 Bhanu Bhakta Jayanti

नेपालको राष्टिय गित बाट शुरु गरिएको कार्यक्रममा भानुप्रति गहिरो सम्झना / सम्मान, भानुको तस्बिरमा माल्यार्पण , तत्काल सम्म अस्तित्वमा नरहेको नेपाली भाषालाई अगाडी बढाऊने आदिकवि भानुभक्तको ब्यक्तित्व र कृतित्व माथि प्रकाश ,भानु महिमा, रामायण वाचन,कविता बाचन ,मन्तब्य ,नेपाली लोक नृत्य ,मुक्तक, हाईकु , नेपाली लोक बासुरीको धुन आदी समावेश थिए । नेपाली बालबालिकाको लागी भानु सम्बन्धी निबन्ध तथा पोष्टर कम्पिटिशन राखिएको थियो भने साहित्यिक कार्यक्रम अनुरुपको नेपाली सात्विक खाना को आयोजकव्दारा मिलाईएको चाजोपाजोले कार्यक्रमलाई शसक्त बनाएको थियो । निबन्ध प्रतियोगितामा प्रथम, व्दितिय तृतिय हुने क्रमस:कृति तामाङ, सम्रिना लामिछाने ,मौलिक गुरुङ र चित्रकला प्रतियोगितामा प्रथम,व्दितिय, तृतिय हुने क्रमस: कृपा सिन्धु पौडेल ,सम्रिना लामिछाने,सुबु देऊराली लाई कार्यक्रमको अन्तिममा प्रमाण पत्र तथा पुरस्कार बितरण गरियो ।

INLS Boston G.B.N.C

कबि,सर्जक, साहित्यकार, कलाकार, साहित्यअनुरागी र बालबालिका समेत गरी ठुलो ऊपस्थिति रहेको बोष्टन भानु जयन्ती मा अतिथिहरु अनेसास नेपाल की पुर्व ऊपाध्यक्ष गिता पन्त ,अनेसास न्युयोर्क च्याप्टरकी ऊपाध्यक्ष सिता खरेल,साहित्यकारहरु मनु लोहारुङ र शुष्मा शर्मा हुनुहुन्थ्यो । अनेसास बोष्टन च्याप्टर की अध्यक्ष डा.ऊषा शर्मा को अध्यक्ष्यता रहेको सो कार्यक्रम ऊपाध्यक्ष हरि काफ्ले तथा महासचिव लाल गोपाल सुवेदी ले सँचालन गरेका थिए । कार्यक्रम हरिमाया खतिवडा, प्रेमसागर खतिवडा र प्रविन पारीयारको राष्टिय गितसगै अगाडी बढेको थियो ।

inls boston

अन्तराष्टिय नेपाली साहित्य समाजकी उपाध्यक्ष तथा बोष्टन च्याप्टर की सल्लाहकार भारती गौतमले भानु प्रतिको आस्थालाई मन्दिरमा जुत्ता लगायर जानु जस्तो नगरी अत्यन्त पवित्र र कसिलो बनाऊदै लग्नु पर्ने मा जोड दिनुभयो । ऊपाध्यक्ष हरि काफ्ले ले एक पेज भानुभक्तिय रामायण महात्म्य पाठ गर्दा समारोह रामायणमय भएको थियो ।कार्यक्रममा निलम खतिवडाको नेपाली गितले सबैलाई नचाएको थियो।जिबिएनसिका महासचिब राम थापाको लोक बासुरी धुनले पनी धेरैलाई नचायो ।

199 Bhanu Jayanti

अनेसास बोष्टन तथा जिबिएनसि का पदाधिकारीहरु मध्ये अधीकाँशले कबिता बाचन गरेका थिए ।कवि सर्जक तथा साहित्यकारहरु भारती गौतम, डा.शिव गौतम,डा.ऊषा शर्मा,लाल गोपाल सुबेदी, अच्युत अधिकारी, हरि काफ्ले ,दिपा राई पुन, यम पौडेल,मिलन गुरुङ, भक्त गुरुङ,अग्नी पराजुली,बिजय शर्मा,पुरुषोत्तम लामिछाने,दिनेश राजभण्डारी, गिता पन्त, सिता खरेल,मनु लोहारुङ,हिक्मत अलि मिया, नवराज कोईराला,सुनिल अलिसा,महेश्वर पन्त,पण्डित महेश सुबेदी ,र ८० बर्षीय आमा साबित्री आचार्य समेतले आ-आफ्नो रचना तथा श्लोक आ-आफ्नै भाखा मा रमाईलो सग बाचन गर्दा साच्चिनै भानुलाई आत्मसाथ गरेको भान हुन्थ्यो। हिक्मत अलि मिया ले आफ्नो कविता पाठ गर्दा गहभरी आसु पारेको दृष्य मार्मिक थियो । सिङ्गो नेपाली भाषा, साहित्य र सिर्जनाको सँसार अथाह छ। यसको आनन्द भित्र भित्रै छिचल्दै जादा थाहा लाग्ने हो ।नेपालमा त्यसको शुरुवात भानुभक्तीय रामायण बाट भएको मानिन्छ । अत :कार्यक्रममा जिबिएनसीका अध्यक्ष लिला रावत ले मन्तब्य दिदै नेपाली भाषाको बिकास र आदिकवि को सम्मानका खातिर सक्दो मेहनत गर्नुपर्ने बताए ।त्यसैगरि भानु जयन्तिको लागी निशुल्क हल को ब्यबस्था गरिदिने नेपलिज कम्युनिटि चर्च का पाष्टर दान बि के ले आफु नेपाल र नेपालीको पक्षमा जहिले पनि दिलो ज्यानले सहयोग गर्ने मन्तब्य ब्यक्त गरेँ । अनेसास का सल्लाहकार अच्युत अधिकारीले सबैलाई धन्यवाद दिदै यसपटकको भानु जयन्ती बोष्टनमा दशककै ठुलो साहित्यिक जमघट भएको बताए । कार्यक्रम अनेसास बोष्टन च्याप्टर कि अध्यक्ष डा. ऊषा शर्माको रोचक कविता सगै सवा ५ बजे बिसर्जन भएको थियो ।

gbnc inls

बोष्टन मा यस पटकको भानु जयन्तीमा प्रवेश शुल्क ५ डलर राखीएको थियो ।तर अनेसास लाई स्वेच्छाले थप सहयोग गर्न चाहने अन्य महानुभाव हरु कवि दिपा राईले ५१ डलर, जिबिएनसिका कोषाध्यक्ष राम थापाले ५१ डलर,र स्वास्थ्यकर्मी रामजी रावलले रु ५१ डलर साथै बाटोमा पाएको रकम १० डलर पनि डा . शिब गौतमले सँस्थालाई नै बुझाऊदा यसपटक को भानु जयन्तिमा सँस्थाको लागी केही आर्थिक सँकलन हुने देखिएको तर सबै खर्चको बिल आइनसकेकोले कार्यक्रमको आर्थिक बिबरण यथाशिघ्र वेवसाईड मार्फत सार्बजनिक गर्ने अनेसास का कोषाध्यक्ष यम पौडेलले जानकारी दिए । प्रस्तुति : वाईएमकेनेपाल.कम

G.B.N.C

:: Add new announcement