Executive members

President: Milan Kumar Karki
Sr. Vice-President: Jal Prasad Ghimire
Vice-President: Parashu Ram Phuyal
Vice-President: Raj Kumar Thapa
Vice-President: Anju Thapa
General Secretary: Chiranjibi Acharya
Secretary: Bhim Prakash Oli
Treasurer: Ghani Raj Neupane
Asst. Treasurer: Ajay Kushwaha
  • All Members
  • [admin options]

    Contact us

    info@gbnc.org

    Back to Announcements


    सुचना ! सुचना !! सुचना !!! GBNC किन ??


    Posted By: president Posted on: 2020-12-15 13:06:09.49
    सुचना ! सुचना !! सुचना !!!
    सम्पूर्ण आदरणीय बोस्टनबासीमा नमस्ते 🙏

    ग्रेटर बोस्टन नेपाली कम्यूनिटी (GBNC), बोस्टन क्षेत्रमा रहेको नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो । यो संस्था यहाँहरुको सुख दुःखमा सधैं यहाँहरुको साथमा रहेको छ र रहने नै छ । हरेक २/२ बर्षमा यस संस्थाको नयाँ कार्य समितीको चयन भई २ बर्षको कार्यकाल रहने व्यावस्था अनुरुप हाल श्री अर्जुन जंग कुँवरको अध्यक्षतामा रहेको कार्य समिती कायम रहेकोमा यो कार्यसमितीको कार्यकाल निकट भविष्यमा समाप्त हुन गैरहेको छ ।
    अतः यस संस्थाको भर्खरै भएको बैठकले नयाँ कार्य समितीको चयन प्रकृया सम्पन्न गर्नका लागी यस संस्थाका सल्लाहाकार श्री विरोचन नेपालको संयोजकत्वमा श्री भुवन गुरुङ्ग तथा श्रीमती रुक्मणी कार्की रहेको ३ सदस्यीय निर्वाचन समिती गठन गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराईएको छ ।यस जानकारी पछी निर्वाचन समितिले आगामी कार्यसमितिको निर्वचनको लागी समयतालिका प्रकाशन गर्ने छ। यसका लागी सधैं झैं सम्पूर्ण आदरणीय बोस्टनबासीको सहयोग र सहभागिताको आशा गरेका छौं।

    धन्यबाद!!!
    GBNC सचिबालय तथा परिवार ।



    :: Add new announcement