Back to Announcements
बोस्टनमा बृहद दशै कार्यक्रम सम्पन्न :बिष्णुमणि आचार्यको अक्धक्षतामा जिबिएनसि को ३७ सदस्यीय नयाँ कार्यसमिती ।
Posted By: president | Posted on: 2016-10-14 19:28:59.797 |
बोस्टन, अक्टोबर १२, २०१६ नेपालीहरुको बडा दशै २०७३ आगमनको सु:अबसरमा अमेरिकाको २७ बर्ष पुरानो नेपाली संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले समरभिलमा ८ अक्टोबरमा बृहत् "बिजया दशमी प्रोग्राम २०७३" सम्पन्न गरेको छ।दशै कार्यक्रममा प्रजातान्त्रिक तरिकाले ३७ सदस्यीय कार्यसमितिको चयन गरेको छ। दिन दिनै संस्थाको कार्य क्षेत्र बडदो अवस्था रहेकोले यहि अक्टोबर ८ मा सन्थाका निर्बतमान अक्धक्षे श्री राम थापाको अक्धक्षतामा बसेको बैठकले बिधानमा सन्सोधन गराइ एक उपाध्यक्ष भएकोमा अब देखि ३ जना उपाध्यक्षहरुमा एक महिला अनिवार्य हुने गरि बिधान सन्सोधनको प्रस्ताव साधरण सभामा पेश गरेको थियो साधरणसभाले सो प्रस्तावलाई अनुमोदन गरि कार्यसमितीमा अक्धक्ष संख्या एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष एक महिला सहित तीन,महासचिव एक,सहसचिब एक, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र सदस्य २४ गरि जम्मा ३७ सदस्यीय कार्यसमिति बनाइएको छ भने सल्लाहकारहरुमा 7 जना हुनुहुन्छ । नामावलीको लागि जिबिएनसि को वेब साइट www.gbnc.org मा हेर्नूहोला । कार्यक्रममा स्वागत मन्तव्य तत्कालीन वरिष्ठ उपाध्यक्ष श्री बिष्णुमणि आचार्यले गर्नु भएको थियो भने कार्यक्रम मिस अमेरिका नेपाल सेकेन्ड रनरअप मिस सुश्मा अधिकारिले गर्नुभएको थियो।निर्वाचन समितिका श्री बिरोचन नेपालले नबनिर्वाचित कार्यसमितीका पदाधिकारिहरुको नामावली घोषणा गर्नु भयो भने साउथ एशियन कमिसिनर तथा अबैतनिक कन्सुलर श्री प्रल्हाद केसिले टीका लगाइ खादा लगाई दिनुभयो भने बिरोचन नेपालले सपथग्रहण गराउनु भएको थियो। नेपाली गीत, नृत्य ,नेपाली खानाका परिकार,नेपाली भाषा कला संस्कृति नेपाली पोशाक र भेषभुशाले सजिसजाउ थियो दशै कार्यक्रम ।बिदेशी भुमिमा स्वोदेशमा भन्दापनि रमाइलो अनुभूति दिलाउने दशै कार्यक्रमको आनन्द लिन विभिन्न संघसंस्थाका पदाधिकारी एबम नेपालीहरु आएका थिए ।संस्थाका अक्धक्ष श्री राम थापाको सभापतित्त्योमा भएको थियो।कार्यक्रममा प्रमुख अतिथि साउथ एसियन कम्मिसिनर तथा अबैतनिक राजदुत प्रल्हाअद केसी हुनुहुन्थ्यो भने प्रख्यात गीतकार कर्मा शेर्पा र गाइका पबिता परियारले दर्शकहरुलाइ पसिनै पसिना हुनेगरी उफारेका थिए । प्रमुख अतिथि प्रल्हाद केसीले समरभिल सिटीले मेयर आफू उपस्थित हुन नसकेपनि संस्थाले निरन्तररुपमा कला र संस्कृतिको जगेर्नाको लागि गरेको कार्यको कदर गर्दै समर्भिल सिटीले जिबिएनसि लाई पठाएको एप्रीसिएसन पत्र पढी निर्बर्तमान अध्यक्ष श्री राम थापालाई हस्तान्तरण गर्नु भयो। बोस्टनमा भर्खरै मात्र सन्चालनमा आएको हिमालयन हेरिटेज एकाडेमिक सेन्टरमा म्युजिक सिक्दै गरेका भाइबहिनीहरुको पर्दशनि देखेर उपस्थित सबै दर्शकहरु स्तुब्ध भएका थिए । त्यस्तै नेपालका प्रसिद्ध कलाकार कर्मा शेर्पा, पबिता परियार ,स्थानीय कलाकार रन्जन बुढाथोकी,श्याम नेपाली , नन्दु शंकरको बाध्यवाजनको धुन र प्रवीण परियार, देवी ओलि र उषा बुढाथोकीको मिठोस्वोरमा सबैजना रमाएका थिए । हरेक बर्ष संस्थालाई निरन्तर सेवा पुर्याउदै आउनु भएका ब्यक्तिहरुलाई सम्मान गर्ने परम्परा अनुसार यो बर्ष शिव मिश्र , किरण खड्का ,मिलन कुमार कार्की र भक्त गुरुङलाई सम्मान पत्र संस्थाका अध्यक्ष श्री राम थापाले हस्तान्तरण गर्नुभयो। अन्तमा अध्यक्षज्युको कार्यक्रम समापन भएको मन्तव्य पश्चात् सुरुभएको डिजे अमर र टिमले हलनै हल्लिने हुनेगरि दर्शकलाई नचाएका थिए। दशै कार्यक्रममा निर्वाचित नया समितिले नेपालीको पक्षमा के कसरी काम गर्ला त्यो भन्न गाह्रो भएपनी नया अनुहार सहितको समितिले बिगतमा भएका कमि कमजोरीलाई सुधार्दै सबैलाई समेटी केही राम्रा काम गर्ला भन्ने चर्चा भने यतिबेला ग्रेटर बोस्टन क्षेत्रको नेपाली बृतमा मजैसंग चलेको छ। धन्यवाद ![]() ![]() ![]() ![]() ![]() फोटो साभार: साझा डट कम।सान प्रधान किरण खद्का ,सुरेश वाग्ले। |