Executive members

  • Utsab Gurung, President
  • Dhruba Ghimire, V President
  • Lila Raut, Secretary
  • Milan Gurung, Treasurer
  • Ram Thapa, Co-Treasurer
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements


US CENSUE 2010

Posted By: Jangbu sherpa Posted on: 2010-03-15 17:19:43.81
हाम्रो समुदायको बलियो भविष्यका लागि आवश्यक सेवाहरू प्राप्त गर्नलाई, हामीले पहिले बुझ्नुपर्ने हुन्छ कि हामी राष्ट्रका रूपमा को हौँ। त्यसैले जनगणना हुने गर्छ ।
जनगणना संवैधानिक रूपमा आवश्यक सबै अमेरिका निवासी - नागरिक वा गैर नागरिकको गणना हो। जनगणनाबाट संकलित तथ्यांकले संघीय सरकारलाई $ ४00 बिलियनभन्दा बढी संघीय कोष प्रति वर्ष निम्न क्षेत्रमा खर्च गर्न सघाउँछ :
• अस्पतालहरू
• रोजगार प्रशिक्षण केन्द्रहरू
• विद्यालयहरू
• वृद्ध केन्द्रहरू
• पुलहरू, सुरुङहरू र सार्वजनिक कार्य योजनाहरू
• आपातकालीन सेवाहरू
जनगणनाले तपाईँको राज्यबाट अमेरिकी प्रतिनिधि सभामा हुने सिटको संख्या निर्धारण गर्न पनि सहयोग गर्छ।
तपाईँले यसलाई फिर्ता नपठाउनु भएसम्म हामी अघि बढ्न सक्दैनौँ।
२०१० को मार्च महिनामा, यू.एस. तथा पुएर्टो रिकोको प्रत्येक घरमा एउटा सानो १० प्रश्नको फाराम पठाइनेछ। जब तपाईँले यो फाराम पाउनु हुनेछ, ती १० साना प्रश्नहरूको जवाफ दिनुस् र त्यसैसँग संलग्न टिकट भुक्तान भइसकेको खाममा राखी हुलाकबाट फिर्ता पठाउनुस्।
जनगणना फाराम भर्न सजिलो र त्यो तपाईँ र तपाईँको समुदायको भविष्यका लागि निकै महत्त्वपूर्ण छ, तथा सुरक्षित छ ।
तपाईँ को हुनुहुन्छ र तपाईँले दिएको जानकारी संघीय कानुन अनुसार सुरक्षित र गोप्य राखिनेछ। यसका अतिरिक्त, यस देशमा तपाईँको विद्यमान कानुनी अवस्थाका बारेमा तपाईँलाई सोधिने छैन।
यदि तपाईँले फाराम फिर्ता पठाउनु भएन भने, जनगणना लिने मान्छे तपाईँकहाँ आउन सक्छन्। जनगणना लिने मान्छे अमेरिकी जनगणना ब्युरोका कर्मचारी हुन्, सामान्यातया तपाईँ कै समुदायका कोही हुनसक्छन्, जसले तपाईँको निवासमा आई जनगणना फारामका लागि आवश्यक जानकारी संकलन गर्छन्।
प्रत्येक जनगणना लिने व्यक्तिले तपाईँले दिनुभएको जुनसुकै जानकारीको सुरक्षा गर्ने शपथ लिन्छन्। यो कानुन हो। यदि तपाईँले पूरा गरिएको प्रश्नहरूको फाराम मेलद्वारा फिर्ता पठाउनु भएन भने, जनगणना लिने व्यक्ति तपाईँको घरमा जानकारी लिन आउनेछ।
२०१० को जनगणना फाराम अहिलेदेखि नै हेर्नुस्
हाम्रो भाषा-सहयोग निर्देशिका प्रयोग गरी जनगणना-फारामसँग परिचित हुने कार्य आरम्भ गर्नुहोस्। भाषा सहयोग निर्देशिका ५९ विभिन्न भाषामा उपलब्ध छ र अंग्रेजीमा जनगणना फाराम भर्ने बेलामा त्यसले तपाईँलाई सहयोग गर्नेछ।

:: Add new announcement