Executive members

  • Mr. Milan Gurung, President
    Mr. Ram Thapa, Sr.Vice President
    Mr. Bishnumani Acharya,Vice President
    Mrs.Devi Oli Thapa, General Secretary
    Mr. Arjun Kunwar, Secretary
    Mr.Bhakta Gurung, Treasurer
    Mr.Pushpa Shreshtha,Assistant Treasurer
    Mr.Yem Paudel, Media Director
    Mr.Sunil Nepali(Publication Officer)
  • All Members
[admin options]

Contact us

info@gbnc.org

ANNOUNCEMENTS


आदरणीय मित्रहरु नमस्कार,

ग्रेटर बोस्टन नेपाली कम्युनिटीले पहिलो पटक आयोजना गरेको बुद्ध जयन्ति कार्यक्रममा स- परिवार सहभागीताको लागि हार्दिक निमंत्रणा !!!
Date :- May 25, 2013
Time :- 3 PM to 6 PM
Venue : – 15 Bartlett Avenue, Arlington, MA 02476

ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवार |



- कार्यक्रममा नेपाली बालबालिका को ऊपस्थिति ऊल्लेख्य । स्टेज प्रस्तुति पनि बालबालिका कै अधिक ।
– बोष्टन म्याराथुनमा भएको बम बिष्फोट प्रति गहिरो दु:ख ब्यक्त । एक मिनेट मौनधारणा ।
– बैसाखी साँझ नेपाली गित सँगित, भेषभुषा, र नेपाली परिकारले भरिपुर्ण ।
– अमेरिकाको बिभिन्न राज्यबाट नेपालीहरुको सहभागिता ।
– अमेरिकाका स्टेट सिनेटरबाट नेपालीको ऊन्नति र प्रगतिको कामना
– नेपाली भएर उदाहरणिय काम गर्ने सँस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्ती ब्यक्तित्व सम्मानित ।

यम पौडेल, बोष्टन – अमेरिकाको बोष्टनमा नेपालीहरुको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी जिबिएनसीद्वारा आयोजित नेपाली नयाँ बर्ष कार्यक्रम ‘बैसाखी साँझ’ हिजो क्याम्ब्रिज सिटीमा सम्पन्न भयो । निकै ऊत्साहका साथ तयारीमा जुटेका नेपालीहरु अपरान्ह बोष्टन म्याराथुनमा भएको डरलाग्दो बम बिष्फोटको घटनाले एकाएक चिन्तित हुन पुगे, कार्यक्रम गर्ने कि नगर्ने भन्ने चिन्ता नेपाली कम्युनिटीमा देखा परयो । बोष्टन घटनाले सबैलाई दु:खी बनाएको अबस्थामा कार्यक्रम हल का फादरसगको कुराकानी, क्याम्ब्रिज पोलिस सगको सम्पर्क र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जर समेतको सल्लाहामा अध्यक्ष मिलन गुरुङले कार्यक्रम अगाडी बढाऊने निर्णय गरेका थिए, सबै तयारी पुरा भइसकेको अवस्थामा अन्ततोगत्वा यहीनै बुद्दीमानी ठहरियो । कार्यक्रम सँचालनको मेसेजले नेपाली हरु हल भरिने गरि सहभागी भए करिब ५०० को सँख्यामा नेपाली हरु कार्यक्रममा देखिए ।

Milan Gurung

जिबिएनसीका अध्यक्ष मिलन गुरुङको सभापतित्व रहेको बैसाखी साझमा बोष्टन बम बिष्पोटमा ज्यान गुमाऊने प्रति शुरुमै श्रद्दा सुमन अर्पण गर्दै १ मिनेट मौन धारण गरियो । साथै घाईते को शिघ्र स्वास्थलाभ को कामना गरिएको थियो । प्रमुख अतिथि विल ब्राऊनस्बर्जरले बोष्टनको घटना साह्रै दु:खद भएता पनि थुप्रै बालबालिका जम्मा भइसकेको नेपाली कार्यक्रम सुचारु गर्न सल्लाह दिदै नेपालीको ऊन्नती र प्रगतिको कामना गरेका थिए । शुरुमा यम पौडेलको शुभकामना कविता बाट ध्यानाकर्षण र सँस्थाकी महासचिव देवी ओली तथा सचिव अर्जुन कुँवरबाट थालनि गरिएको कार्यक्रममा बोष्टन लोक सुसेली समुहका कलाकार समेतबाट राष्ट्रीय गित प्रस्तुत गरिएको थियो । अध्यक्ष मिलन गुरुङबाट स्वागत मन्तब्य ,बरिष्ठ ऊपाध्यक्ष राम थापा बाट भोट अफ थ्याङ्क्स र नेपालमा धेरै समय काम गरेका एडवार्ड ब्रान्सनको मन्तब्य मात्र कार्यक्रममा समाबेश रहेँ । यसपटक नेपाली गित सँगित र नृत्यलाई नै बढी समय दिइयो । श्री धन कुमार गुरुङको नेतृत्वमा तयार गरिएको नेपाली खानाका परिकारले सबैको मन जितेको थियो ।

gbnc new year

नविन बस्नेत तथा एलिसा थापाबाट सँचालित कार्यक्रममा अतिथी कलाकार जगदिश समाल को बिशेष प्रस्तुती रहेको थियो भने अन्य गायक कलाकारहरुमा हरिमाया खतिवडा, प्रबिन परियार, बासु थापा, महेश्वर पन्त, प्रबिन थापा, निलम खतिवडाले बिभिन्न रमाईला रमाइला नेपाली गित प्रस्तुत गरेका थिए। तवलावादक सागर खतिवडाको साथमा भुटानी कलाकार मणी लामीछानेको नेपाली गितले धेरैको मन छोयो ।

group

त्यसैगरी कुशल कोरियोग्राफर ऊत्सव गुरुङ तथा कलाकार देवी ओली व्दारा निर्देशित बिबिध रमाईला नृत्यसगै नेपालीहरु रमेका थिए । आ-आफ्नो ऊत्कृष्ट नृत्यसगै कलाकारहरु बृति प्रजापति, कृपा पौडेल, शुभाश्री धिताल ,प्रनिता वन्त, शिवानी शेरचन, सरस्वति गुरुङ, पुष्पा गुरुङ, ओसिन घिमिरे, सिम्रन रेग्मी, इरिका पुन, दिपा थापा, निशा गुरुङ, भेनेसा राइ, अल्फा लामा, प्रमिता गुरुङ, सम्रिना लामिछाने, सँबृद्दि सुबेदी, समेत कहिले एकल, कहि युगल तथा कहि सामुहिक नृत्य लिएर स्टेजमा देखा परेँका थिए। प्रबिन अधिकारीको एकल रमाईलो डान्स र नृत्यँङगना ललिता शर्मा र सुष्मा अधिकारीका छुट्टाछुट्टै नृत्यले त्यतिकै रौनकता थपेको थियो । सँस्थाका पुर्ब अध्यक्ष ध्रुव घिमिरे ले साना भाईबैनि को सहयोगमा ले राफल चिट्ठा खोल्दा मदन मैनाली, समिप ढकाल र बिजेता श्रेष्ठ क्रमस प्रथम व्दितिय र तृतिय पुरस्कारको बिजेता बनेका थिए ।

कार्यक्रममा नेपाली भएर उदाहरणिय काम गर्ने बिभिन्न ब्यक्ती ब्यक्तित्वलाई सम्मान पत्र प्रदान गरियो । त्यसरी सम्मानित हुने हरुमा नेपाली बालबालिका लाई नेपाली भाषा पढाऊने बिमला थापा, बोष्टनमा नेपाली सँस्कृति र कर्मकाण्डलाई अगाडी बढाऊने पण्डित महेश सुबेदी, जिबिएनसी लाई लगातार मिटिङ हल समेतका कुरामा सहयोग पुराऊने मसाला रेष्टुरेण्ट, नेपालमा लामो समय पिस्कोर भोलन्टियर मा सेबा गरेका अमेरिकी एडवार्ड ब्रान्सन, बोष्टन म्याराथुनमा भाग लिई सकुशल म्याराथुन पार गर्ने स्वरुपा खडका, जिबिएनसीलाई सहयोग गर्ने नविना गुरुङ, शिव श्रेष्ठ तथा अन्जु श्रेष्ठ आदी रहेका छन । कार्यक्रम लाई साथ दिने सबै कलाकारलाई सर्टिफिकेट अफ एप्रिसियशन दिइएको थियो भने सौजन्य सहयोग गर्ने हिमालयन बोष्ट्रो, जेन ट्राभल्स, न्युयोर्क लाईफ इन्सुरेन्स,रिटायर्डमेण्ट लाईफ इन्सुरेन्स लाई सौजन्य सम्मान प्रदान गरियो । नेपाल बाट ब्यानर ल्याऊनमा सहयोग गर्ने नव आगन्तुक कुमार कार्की लगाएत कार्यक्रमको लागी दिलो ज्यानले लागी परेका सँस्थाका वनोनरी मेम्बर धन कुमार गुरुङ, सल्लाहकार बिष्णु कार्की, पुर्व अध्यक्ष ऊत्सव गुरुङ सुर्य थापा, महासचिव देवी ओली, सदस्य मिलन थापा पौडेल, रँजन थापा, दिनेश पाण्डे,अखण्ड श्रेष्ठ, दिनेश पुडासैनी, चिरञ्जिवी आचार्य, डि जे हेम, जाल प्रसाद घिमिरे, समेत का महानुभावहरुलाई समेत धन्यवाद तथा एप्रिसिएशन सर्टिफिकेट प्रदान गरियो ।

group1

कार्यक्रमको अन्तिममा डिजे हेमको डिजेले सबैलाई नचाएको थियो ।बैसाखी साँझमा एन आर एन, आइ सि सि मेम्बर भुवानी गुरुङ, पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य,एन डब्लुजिएन अमेरिका कि अध्यक्ष रुक्मणी कार्की, न्यु ह्याम्पसायर नेपाली कम्युनिटीका नवनिर्वाचित अध्यक्ष रविन थापा, भुटानी नेपाली कम्युनिटीका अध्यक्ष राकेश काफ्ले, ईम्पावर वोमेन अफ नेपाल कि सँस्थापक बिष्णुमाया परियार, युनाइटेड किरात राई एसोसिएसन का अध्यक्ष बिष्णु राई,लगायत अन्य बिभिन्न नेपाली सँघ सँस्थाको प्रतिनिधित्व रहेको थियो । अन्य राज्यबाट समेत ऊल्लेख्य नेपाली आएका थिए ।

gbnc2

कार्यक्रमको लागी सँस्थाका सल्लाहकारहरु बिष्णु देऊराली, सुन्दर गुरुङ, बिरोचन नेपाल, ऊपाध्यक्ष बिष्णुमणी आचार्य समेतका पदाधिकारीहरु कार्यक्रमको अन्तिम सम्म खटेका थिए । त्यस दिनको घटनाले गर्दा केही पदाधिकारी नदेखिएका भएपनी कार्यक्रम नसकुञ्जेल दौडधुप गरिरहने अन्य पदाधिकारीमा अच्युत अधिकारी, पुष्प श्रेष्ठ, सुनिल नेपाली, किरण खडका, नवराज कोइराला, शिव मिश्र,माधव दाहाल, आङ दावा शेर्पा, मिलन कार्की, शम्भु अधिकारी समेतको भुमिका सह्राहनिय थियो । पद भन्दा बाहिर रहेर पनि कार्यक्रमको लागी सहयोग पुर्‍याउने सबै नेपाली दिदी बैनी तथा दाजुभाई प्रति सँस्थाले हार्दिक आभार ब्यक्त गरेको छ ।

osin group

यसरी सम्पन्न बैसाखी साँझले अमेरिकामा नेपाली पहिचान र एकतालाई एक कदम अगाडि बढाएको छ । नेपालीको ईज्वतसग जोडिएको यस नयाँ बर्ष कार्यक्रमको हिसाब किताब भने यथाशिघ्र सार्वजनिक गरिने सँस्थाका कोषाध्यक्ष भक्त गुरुङद्वारा जनाईएको छ ।

gbnc3
click this link for more pictures.Photo courtesy San Pradhan for sajha.com



gbnc_baisakhi2013041521

शिब मिश्र अमेरिकाको बोष्टनमा नेपालीहरुको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी जिबिएनसी व्दारा आयोजित नेपाली नया बर्ष कार्यक्रम “बैसाखी साझ” हिजो क्याम्ब्रिज सिटी मा सम्पन्न भयो । निकै ऊत्साहका साथ तयारीमा जुटेका नेपालीहरु अपरान्ह बोष्टन म्याराथुनमा भएको डरलाग्दो बम बिष्फोटको घटनाले एकाएक चिन्तित हुन पुगे, कार्यक्रम गर्ने कि नगर्ने भन्ने चिन्ता नेपाली कम्युनिटीमा देखा परयो । बोष्टन घटनाले सबैलाई दु:खी बनाएको अबस्थामा कार्यक्रम हल का फादरसगको कुराकानी, क्याम्ब्रिज पोलिस सगको सम्पर्क र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जर समेतको सल्लाहामा अध्यक्ष मिलन गुरुङले कार्यक्रम अगाडी बढाऊने निर्णय गरेका थिए, सबै तयारी पुरा भइसकेको अवस्थामा अन्ततोगत्वा यहीनै बुद्दीमानी ठहरियो । कार्यक्रम सँचालनको मेसेजले नेपाली हरु हल भरिने गरि सहभागी भए करिब ५०० को सँख्यामा नेपाली हरु कार्यक्रममा देखिए ।

sant



Dear Nepalese brothers and sisters also friends of Nepal,

Greater Boston Nepali Community(GBNC) is organizing Nepali "New Year 2070 Celebration" in Boston known as “Baisakhi Saanjh″ . We would like to welcome you all to celebrate this occasion together.

Date : April 15, 2013
Time : 6pm- 12am
Venue : 400 Cardinal Medeiros AveCambridge, MA 02139

Specials:
Nepalese Cuisine
Cultural Program
Special DJ Night
Raffle Draw

Ticket Rates:
$ 20 Presale
$ 25 @door
Note: admission for children under 10 yrs is FREE


यम पौडेल \ बोष्टन ,मार्च ४,२०१३

अमेरिकाको बोष्टन स्थित २२ बर्षदेखिको नेपालीको साझा सँस्था “जिबिएनसी” व्दारा आयोजित फण्डराईजिङ डिनर प्रोग्राममा हिजो १९२२ डलर सँकलन भयो । बिगतका बर्षहरुमा सँस्थाको प्रमुख आयश्रोत भैलिधौसी हुने गर्थ्यो, यस बर्ष देखि भैलिधौसीको रकम एकातर्फ पशुपतिनाथको मन्दिर र आर्कातर्फ बुद्दस्तुपा सहित नेपाली कम्युनिटी सेन्टर निर्माणमा जाने भएकोले पहिलोपटक बैकल्पिक फण्डराईजिङ प्रोग्राम आयोजना गरिएको सँस्थाका अध्यक्ष मिलन गुरुङले जनाए । समरभिलको मसाला रेष्टुरेण्टमा आयोजित हिजोको जिबिएनसीको मिटिङ, त्यसपछीको फण्डराईजिङ प्रोग्राम, डिनर र रमाईलो सग सम्पन्न भयो। बैठकमा सँस्थाका कोषाध्यक्ष भक्त गुरुङले जिबिएनसीको बर्तमान कोष र आर्थिक अवस्थाका बारे बैठकलाई जानकारी गराए । बैठकबाट नेपाली नयाबर्षको ऊपलक्ष्यमा आगामी अप्रिल १५ तारिख “बैसाखी साँझ” धुमधाम सँग मनाऊने निर्णय भएको र त्यसको लागि बिभिन्न तयारी समिति सहित कार्य बिभाजन गरियो ।

वैठकमा समरभिल आर्ट काऊन्सिलको स्पोन्सरमा मार्च ९ देखि फ्रि नेपाली भाषाकक्षा सँचालन हुने कुरा बिमला थापा व्दारा प्रकाश पारिएको थियो भने रँजन थापा ,काजी शेर्पा ,ध्रुव घिमिरे,माया कडायत समेतका पदाधिकारीले जिविएनसी तथा नयाबर्ष कार्यक्रमका बारे बिभिन्न सुझाव राखेका थिए ।यसपटक नेपाली खाना सहितको नयाबर्ष कार्यक्रमको को टिकट अग्रिम बुकिङ २० र ढोकामा २५ डलर लिने निर्णय भएको छ ।

फण्डराईजिङ प्रोग्राम थालनी गर्दै सँस्थाका ऊपाध्यक्ष बिष्णुमणी आचार्यले अमेरिकाको ईष्टकोष्ट ग्रेटरबोष्टन क्षेत्रमा नेपालीप्रति भैपरिआऊने कुनैपनि समस्यामा सँस्थाले पिठ्यु फर्काएर नहिडेको र त्यसो कहिल्यै नगर्ने बचनबद्दता दोहोर्याऊदै सम्पुर्ण नेपालीको दु:खसु:खको छाता सँस्था लाई परिआएका बखत दिलखोलेर सहयोग गर्न अनुरोध गरेपछी ढिलो नगरि आधा घण्टाभित्रै सहभागीले आ-आफ्नो छोटो भनाई सहित एकैछिनमा सहयोग रकम प्रदान गरेका थिए ।

सँस्थाको फण्डराईजिङ लाई समर्थन गर्दै कार्यक्रममै नगई ५० डलर पठाऊने दिपा राई पुन, सबै कार्यसमितिका साथीहरुलाई इमेल लेखी ५० डलर शुरुमै सहयोग गर्ने जिविएनसीका सचिब अर्जुनजँङ्ग कुवर,नेपाल बाट आएको १० दिन मात्र भएका रामचन्द्र के.सी.को २० डलर, ४ महिना मात्र भएका देबिलाल खनालको ५१ डलर,सबैभन्दा धेरै २०१ डलर दान गर्ने सँस्थाकी सल्लाहकार डा.ऊषा शर्मा, १०१ डलर सहयोग गर्ने सँस्थाका ३ जना महानुभाव अध्यक्ष मिलन गुरुङ,सल्लाहकार बिष्णु धौराली र सदस्य हजुरी सिँ सहित ४६ जनाले रकम डोनेट गर्दा १९२२ जम्मा भएको छ जसमा १४०० भन्दा बढि तत्काल प्राप्त भएको छ भने बाकी केही मात्र ऊठाऊन बाकी रहेको कोषाध्यक्ष भक्त गुरुङले जनाए ।

फन्डराईजिङ पश्चात शुरु भएको बोष्टन लोक सुसेली समुहको साँगेतिक कार्यक्रम त्यतिकै जोडदार रह्यो । सबैको साझासँस्था जिबिएनसीलाई सशक्त पार्नुपर्छ भन्ने मान्यता सहित केहि दिन देखी फण्डराईजिङ को लागी रिहर्शल गरिएको सास्कृतिक कार्यक्रमले सबैको मन जित्यो, धेरैलाई नचायो । बोष्टनमा हालै आएका कलाकार शुसिल गौतमको मिठो सारँगीको धुन सगै प्रख्यात झलकमान गन्धर्वका मनै छुने गितले कार्यक्रममा रौनकता थपेको थियो । समुहका प्रमुख धनकुमार गुरुङले आफुहरु नेपाली सस्कृतिको जगेर्ना र नेपाली कम्युनिटीको लागी बढी महत्वका साथ लागि परेको कुरालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ,कलाकार रँजन बुढाथोकी व्दारा सँचालित सो कार्यक्रममा कलाकारहरु हरिमाया खतिबडा, सागर खतिवडा,राम थापा, निलम खतिवडा, प्रविन परियार,बासुदेव थापा, महेश्वर पन्त,का फरक फरक प्रस्तुती रहेका थिए भने भुटानी कलाकार मनिराज लामिछाने को मार्मिक नेपाली गितले पनि धेरै नेपालीलाई छोयो त्यहा । कार्यक्रमको अन्तिममा सँस्थाका प्रथम ऊपाध्यक्ष राम थापाले सबैलाई धन्याबाद दिएपछी करिव ११ बजे कार्यक्रम सकिएको थियो ।

यसरी सम्पन्न बैठक तथा फण्डराईजिङ प्रोग्राममा कलाकार मिन के.सी को मुमाको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । कलाकार के.सी, आमाको स्वास्थका कारण हाल नेपाल छन । त्यसैगरि हालै नेपाली कम्युनिटी ले सहयोग गरेका बिमला महर्जनको स्वर्गबास प्रति कार्यक्रममा गहिरो दु:ख ब्यक्त गर्दै हार्दिक समबेदना ब्यक्त गरियो ।

फोटो: मिलन गुरुङ

यतिबेलाका जिबिएनसीका सहयोगदाता (फण्डराईजरर)
नाम चन्दा सहयोग (डलर)
दिपा राई पुन ५० 
अर्जुन जङ्ग कुँवर ५०
सुर्य थापा २५
बिष्णुमणि आचार्य ५०
यम पौडेल २५
भक्त गुरुङ र परिवार ५५
गोपाल राज कडेल ५० ( ऊहाव्दारा पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई
पनि ५०० डलर दिने बचनबद्दता)
बिष्णु धौराली १०१
डा.ऊषा शर्मा २०१
काजी शेर्पा ४०
ध्रुव घिमिरे ५१
ऊत्सव गुरुङ ३०
निलम जङ्गम \ मधु जङ्गम ५०
सुधिर श्रेष्ठ\सुष्मा श्रेष्ठ समेतले
देवी ओली ३१
हजुरी सिँ १०१
माया कडायत ५०
मधुकर अधिकारी ५१
माधव दाहाल ४१
आजाद प्रधान २५
निर्मला दिक्षित २५
सुलोचना सिँ २५
कृष्ण कडायत ३१
महेश्वर पन्त ३०
आसु राजभण्डारी २०
डेला तामाङ २०
देविलाल खनाल ५१
बिमला थापा ५१
मिनेश श्रेष्ठ २५
दिनेश पाण्डे ४०
रँजन थापा २५
राम ‌थापा \ माया थापा १०१
भिम थापा ५१
मिलन गुरुङ १०१
पदम गुरुङ \ सेती गुरुङ ४०
बन्दना बुढाथोकी २१
रामचन्द्र के.सी. २०
रामेश्वर तिवारी २०
अखण्ड श्रेष्ठ ३०
शिव श्रेष्ठ ३०
किरण खडका ५१
डिना पाइजा १७ (आफुलाई प्राप्त टिप्स रकम जिबिएनसीलाई ) 
शिव मिश्र २० 

(नोट: सहयोगदाताको नाउ ऊपर तलमाथी त्यस्तो कुनै फरक परेको भए जानकारी दिनुहोला तु सच्याईनेछ : सँ )

Dear Advisors, BODs, Honorary Members, Executives and all members,


I would like to remind you all to attend this upcoming meeting on Sunday March 3rd 2013 from 5pm onward at Masala Restaurant (1127 Broadway, Somerville, MA 02144). GBNC meeting will start at 5pm and dinner program will start at 7pm. Please invite your friends and family at our fundraising dinner night program. 


There will be an amazing musical session with an introduction of a great Sarangi player and singer Sushil Gautam who has just arrived in Boston from Nepal. Mr. Gautam will mesmerize everyone with his talent with the support of our respected band, Boston Lok Susheli Samuha. After the short session of music, we will start the fundraising program by drawing the attendees' names. The attendees will introduce himself/herself and share their talents (poem, dance, jokes, song etc., but not compulsory) and give a generous donation to the organization. We will have more musical session and DJ after the fundraising program. 


Are you ready? You all are invited! Thank you all for your help and cooperation.


Sincerely 


Milan Gurung
President

Greater Boston Nepali Community

Note: Dinner $10/person



Dear Greater Boston Nepali Community and friends of Nepal,
Namaste

         According to the fourth meeting of GBNC held on 03/26/12 (calendar year 2011-2012) ;and as announced by the GBNC's president Mr. Lila Bahadur Raut in "Baisakhi Saanjh" few weeks ago, a
 general meeting has been called on May 27th to discuss, approve and finalize the Bylaws of GBNC. Therefore, on behalf of the GBNC, we want to request  all Nepalese to be present on that day for the general meeting. The time and the venue for the meeting is as following:

Date: 05/27/12, Sunday
Venue: Masala Restaurant
           1127 Broadway, Sommerville, MA
Time: 3:00 pm sharp

Regards,

Ram Thapa
(General Secretary-GBNC)


KUTUMBA
The word ‘Kutumba’ holds a special meaning in the Nepali language. It stands for a unique bond amongst community members. As their name, Kutumba is all about bringing together traditional folk tunes and instruments with new and improvised sounds and ideas.Kutumba is a folk instrumental ensemble, group of six professionals from Kathmandu. Having come together for the preservation of their culture and art, Kutumba wish...es to spread love and joy of Nepali folk music throughout the world. Self motivated and self driven, Kutumba is a group with their own unique sound and vision.The six members have different roots and backgrounds in music. Kutumba is the harmony of traditional roots, culture and new sounds.

Time:
October-10-2011, Monday at 7:00pm - Tuesday at 1:00am
Location:
CLUB HOUSE (HOLIDAY INN) 30 Washington St. Somerville, MA 02143


ग्रेटर बोस्टन नेपाली कम्युनिटीको आयोजनामा दशैं कार्यक्रम संपन्न साथै नया कार्य समिति गठन

अमेरिकाको उत्तरी गणराज्य मध्यको एउटा महत्वपूर्ण राज्य म्यासाचुसेट्समा नेपालीहरुको पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीको आयोजनामा नेपालीहरुको माहन पर्ब बड़ा दशैं संपन्न भयो भने ग्रेटर बोस्टन नेपाली कम्युनिटीको नया कार्य समिति पनि गठन भएको छ |

संस्था सचिब लीला राउतले कार्यक्रम संचालक नबीन बस्नेत र संचालिका तरसा उपाध्यलाई स्टेजमा निम्त्याएर सुरु भएको यस कार्यक्रममा उपाधक्ष ध्रुब घिमिरेले स्वागत मनतब्य दिनु भएको थियो | स्थानीय कलाकारहरु ओसिन घिमिरे, जेनी तामांग ,पुनम थजाली,बिजय लगायत थुप्रै कलाकारहरूले उत्क्रिस्ट नृत्य परस्तुत गरेका थिए | साथै सर्बाधिक चर्चित गाएक तथा गायिका अंजु पंतको श्रीमान मनोज सिवाकोटीले थुप्रै मिठो मिठो गीतहरु पस्किनु भएको थियो भने छिमेकी राज्य रोड आइलैंड बाटा आएका कलाकारहरुले पनि केही उत्क्रिस्ट नृत्यहरु पर्स्तुत गरेका थिए |

कार्यक्रमको अन्तमा कलाकारहरुलाई संस्थाका सल्ल्हाकार डा उषा सर्मा बाटा सर्टिफिकेट बितरण भएको थियो भने संस्थाका निबर्तामन अधक्ष उत्सब गुरुंगले धन्यबाद ज्ञापन गर्नु भएको थियो | त्यसैगरी हरेक बर्ष झै यो बर्ष पनि संस्थाको नया कार्य समितिका अधक्ष ध्रुब घिमिरेले नया कार्य समिति प्रस्तुत गर्दै निबर्तमान अधक्ष श्रीमान /श्रीमती उत्सब गुरुंगलाइ सर्टिफिकेट प्रदान गरेर बिदाई गरे भने नया कार्य समिति ध्रुब घिमिरेको अधक्षतामा ३९ सदस्सीय कार्य समिति गठन भएको छ | अधक्षमा ध्रुब घिमिरे, उपाधक्षमा लिला राउत , महासचिबमा मिलन गुरुंग , सचीबमा राम थापा , कोसाधक्षमा बिष्णुमणी आचार्य , सह – कोसाधक्षमा देबी थापा मगर चयन भएका छन | Source BostonNepal.com by Milan



पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु – इंगलैंडको: 
आवहान 

आदरणीय न्यु-इंगलैंड बासी नेपाली दाजु भाई तथा दिदी  बहिनीहरु, ग्रेटर बस्टन नेपाली कम्युनिटी, हिमालयन लायन्स क्लब, बोस्टन लोक शुसेली समूह लगायत यहाँ क्रियाशिल संघ सँस्था र व्यक्तिहरुको सहभागितामा न्यु-इंगलैंड क्षेत्र कै महत्वपुर्ण कार्यक्रमको रुपमा नेपाली कम्युनिटी सेन्टर साथमा पशुपतिनाथ र बुद्धनाथ मन्दिरको स्थापना गर्ने बृहत उद्देस्यले संम्युक्त देउसी भैलो कर्यक्रम तपाईँहरुकै सहयोगमा सम्पन्न गरि उल्लेखनिय रूपमा आर्थिक संकलन गर्न पनि सफल भएका छौं। उक्त कार्यक्रमबाट उठेको पैसा सुरक्क्षित गर्न र अन्य- कार्यक्रम अगाडी बढाउन पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु- इंगलैंड नामक सँस्था दर्ता गरिएको र सोहि सँस्थाको नाममा बैंक खाता खोलि देउसी भैलोबाट संकलित रकम सुरक्क्षित गरिएको कुरा सहर्ष जानकारी गराउदै उक्त  फाउन्डेसन्को हालसम्म सम्पन्न र भाबी कार्यक्रमको बारेमा सम्पूर्ण महानुभावहरुबाट सहयोग सल्लाहा लिने तथा जानकारी गराउने उद्देस्यले आगामी फेब्रुवरी 11 तारिख सोमबारका दिन बेलुका 5 बजे मसला रेस्टुरेन्टमा (1127 Broadway Somerville MA) आम भेला (Town Hall Meeting ) बोलाईएको छ। उक्त भेलामा यहाँहरुको उपस्थितिकालागी हार्दिक अनुरोध गर्दछौँ।

समय : साँझ 5 बजे
स्थान : 1127 Broadway Somerville MA
मिती: 02/11/2013
एजेन्डाहरु:
1.  फाउन्डेसन् द्वारा हाल सम्म सम्पन कार्यक्रमको जानकारी।
2.  फाउन्डेसन्को भावी कार्यक्रमको बारे छलफल तय र जानकारी
3. बिबिध ……
                                                                          सहयोग र समझदारीकालागि धन्यवाद!
आयोजक: पशुपतिनाथबुद्ध फाउन्डेसन् अफ न्यु-इंगलैंड


क्रिसमस, ल्होछार र अंग्रेजी नया बर्षको अबसरमा स्थानीय कलाकारहरुलाई स्थान, अवसर र हौसला दिने साथै अत्यधिक डि जेको मनोरंजन दिने र संस्थालाई Fund Raise गर्ने हेतुले ग्रेटर बोस्टन नेपाली कम्युनिटीले आयोजना गरेको यस कार्यक्रममा सम्पूर्ण बोस्टन तथा न्युइन्ग्ल्यंडबासी नेपालीहरुमा सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ । 
मिलन गुरुङ 
अधक्ष (ग्रेटर बोस्टन नेपाली कम्युनिटी)


 नोभेम्बर १२ देखि १६ सम्म को भैलि धौसी तय ।

- नेपाली कम्युनिटीको हल को लागी बिभिन्न राज्य बाट समेत भैलि धौसीलाई निम्ता ।
- सुसेली समुह सहितको कलाकार टिम रिहर्शलमा ब्यस्त। कार्यक्रम रमाईलो हुने निश्चित ।

हे ! बर्षमा दिन्को तिहार आयो सबैले भनौ …धौसुरे
हे ! सँस्कृति धान्दै ,चाडवाड मान्दै सबैले भनौ … धौसुरे
हे ! सँयुक्त भैली धौसी घन्काउ बोष्टनमा रमाऔ ….धौसुरे
हे ! कम्युनिटि भवन नेपाली एकता सगसगै बढाऔ ….धौसुरे

शुभ- दिपावली २०६९ आगमनको ऊपलक्ष्यमा अमेरिकाको बोष्टनमा यसपाली सँयुक्त भैलि धौसी कार्यक्रम तय भएको छ । बिगतका बर्ष हरुमा छिन्न भिन्न रुपमा मनाई आएको भैलि धौसीलाई यसपाली नेपाली कम्युनिटी भवन को अबधारणा सहित सँयुक्त रुपमा अधि बढाऊन नेपाली हरु सहमत भएका छन ।

ग्रेटर बोष्टन क्षेत्रमा बिगत तेईस बर्ष देखि नेपाली हरुको प्रतिनिधित्व गरी आएको नेपाली छाता सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी ( जिबिएनसी) का अध्यक्ष मिलन गुरुङ को सँयोजकत्वमा सँयुक्त भैली धौसी कार्यक्रम अगाडी बढने भएको छ । बोष्टनमा क्रियाशिल नेपाली सँघ सँस्था हरु जिबिएनसी, हिमालयन लायन्स क्लब र सुसेली समुह र यसका पदाधिकारीहरुले यसलाई सँयुक्त रुपमा अगाडी बढाऊने सहमति भएको छ भने प्राय सबै सँस्थाहरुको यसप्रति सकारात्मक धारणा रहेको पाईएको छ ।त्यसैगरी बोष्टनमा क्रियाशिल अन्य नेपाली सँघ सँस्था हरु र ब्यक्ती ब्तक्तित्व हरुको अत्यधिक सहयोग, समर्थन, र एक्यबद्दता रहने पनि थाहा लागेको छ । किनभने यस पटक को भैलि धौसी राम्रो मिसन सहित अगाडी बढेको छ ।सँयोजक गुरुङले जनाऊनु भएअनुसार बिगतका बर्ष हरुमा जस्तो भैलि धौसीबाट सँकलित रकम यसपटक सँम्बन्धित सँघ सँस्थाले आफ्नो खर्चमा समावेश गर्न पाऊने छैनन । कार्यक्रमबाट ऊठेको सम्पुर्ण रकम सार्बजनिक गरिनेछ टाऊन हल मिटिङ गरी टेबल गरिनेछ साथै भवन निर्माण समिति गठन हुनेछ बृहद नेपाली भेलाको म्याण्डेट बमोजिम निती नियम बनाई अमेरिकाको बिधान अनुसार छुट्टै फाईवआवानसी सहित नया निर्माण समितिले कार्यक्रम अगाडि बढाऊनेछ ।
यसर्थ बोष्टनको भैलिधौसी कार्यक्रमलाई सफल पार्न सँयोजक मिलन गुरुङ व्दारा सबै ग्रेटर बोष्टनबासी नेपालीलाई सुचना ईमेल तथा वेवसाईड मार्फत अनुरोध भएको छ । आफुलाई पायक पर्ने ठाऊमा गई सँयुक्त भैलिधौसी कार्यक्रमलाई आफुशक्य सहयोग गरेमा, नेपाल र नेपालीको ईज्वत र भलाईको लागी अगाडी बढाइएको रचनात्मक कामप्रति सबैले होष्टेमा हैसे गरेमा ग्रेटर बोष्टन क्षेत्रमा एक नेपाली कम्युनिटी भवन बन्ने कुरामा दुईमत नहोला ।

पछिल्लो जानकारी अनुसार हाल सम्म कन्फर्म भएको भैली धौसी कार्यक्रम


मीडिया डिरेक्टर : यम पौडेल (जी.बी.एन.सी )


12/20/2012 :: GBNC presents



In the festivity celebration of Christmas, Lhochhar and New Year 2013!

GBNC Presents

 Dj Night Dhamaka in the city!
DJ Tashi and Nawang are coming all the way from New York.







12/19/2012 :: 8/A


सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको पहिलो दिनमै 6366 (नरउड 5166 +स्क्यट 1200 डलर संकलन सहित भब्यताको साथ् सफल भएको छ । यस कार्यक्रममा सहयोगगर्नु हुने बिशेषत राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कलाकारहरु, ब्यबस्थापकहरु,दिल खोलेर दक्षिना दिनुहुने आमा बा, तथा दाजु भाइ अनि दिदिबहिनिहरु साथसाथै सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । 
आजको कार्यक्रम तालिका एस्तो छ ।
Belmont : 5:30 PM -8:30 PM(30 Oxford Circle Belmont)
Framingham 9:30-11:30

सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको पहिलो दिनमै 6366 (नरउड 5166 +स्क्यट 1200 डलर संकलन सहित  भब्यताको साथ् सफल भएको छ । यस कार्यक्रममा सहयोगगर्नु हुने  बिशेषत राष्ट्रिय तथा अन्तरास्ट्रिय  स्तरका कलाकारहरु, ब्यबस्थापकहरु,दिल खोलेर दक्षिना दिनुहुने आमा बा, तथा दाजु भाइ अनि दिदिबहिनिहरु साथसाथै सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । 
 आजको कार्यक्रम तालिका एस्तो छ ।
Belmont : 5:30 PM -8:30 PM(30 Oxford Circle Belmont)
Framingham 9:30-11:30



Dear Greater Boston Nepali Community & friends of Nepal,
   
    We are organizing "Bijaya Dashami 2069" on the occasion of our greatest festival Dashain. Its time to get together again to celebrate our festival with musical program, Nepalese cuisine, Dj Night and excellent performances. We invite all the Nepalese community members and friends of Nepal residing in New England Area  and all the new residents.
 Entry fee: $25
                    (Note: Entrance for Children below 10 is FREE)
If anyone is interested in Performing, please contact Utsab Gurung-617-283-7788 & Devi Oli-781-866-2554

Happy Bijaya Dashami 2069  to all

Sincerely,
Lila Bahadur Raut
(President-GBNC)








आदरणीय आमा,बा, दिदीबहिनी तथा दाज्यूभाइहरु !

बिषय :- देउसी भैलो सम्बन्धमा |

 महाशय,

बहुशंख्यक नेपालीहरुले परम्परागत रुपमा मनाई आएको लक्ष्मी पुजा, महपुजा,भाइटिका, छठको उपलक्ष्यमा यहाँ यहाँको -परिवारको सु-स्वास्थ्य,दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्दछु | 

बिगत लामो समय देखि यस न्यु-इंग्ल्यान्ड क्षेत्रमा बसोबास गरि आएका हामी नेपालीहरु बिच संधै चर्चाको बिषय रहेको नेपाली कम्युनिटीको भबन निर्माण गर्नको लागि आजैबाट आबस्यक पहल गरिएमा मात्र भबिस्यमा भबन निर्माण गर्न सकिन्छ भन्ने उच्च मनोभावनाबाट उत्प्रेरित हुँदै सो दिशा तर्फ यस क्षेत्रका हामी नेपालीहरु तयार भएको सु-समाचार संप्रेषण गर्न पाउदा हामी अत्यन्त हर्षित भएका छौ |

बिगत बर्षहरुमा छिन्न भिन्नरुपमा मनाउदै आएको देउसी भैलो कार्यक्रमलाइ यस बर्ष संयुक्त रुपमा मनाउनका लागी बिगत बर्षहरुमा देउसी भैलो संचालन गरी आएका जि.बि.एन.सी,सुसेली,हिमालयन लायन्स क्लब यस राज्यमा क्रियाशिल रहेको तमु समाज लगायतका समुदायको प्रतिनिधिहरुको उपस्थितिमा नेपाली कम्युनिटी भबन निर्माण तदर्थ समिति गठन गरी सोहि समितिको तत्वाबधनमा आकर्षक कलाकारहरुको टिम सहित यहाँहरुको घर दैलोमा आउन लागेको जानकारी गराउदछु |

यस बर्ष संचालन गरिने देउसी भैलोबाट संकलितहुने सम्पूर्ण रकम भबन निर्माणका लागी खर्च गरिने प्रतिबद्दता व्यक्त गर्दछु | अत, हामि यस महान उदेश्यका साथ देउसी भैलो खेल्नका लागि यहाँको घर दैलोमा आउदैछौ | यहाँबाट सधाझैं आर्थिक,नैतिक भौतिक सहयोगको अपेक्षा गरिन्छ |

धन्यबाद 

मिलन गुरुङ

अधक्ष (ग्रेटर बोस्टन नेपाली कम्युनिटी )

संयोजक (नेपाली कम्युनिटी


सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको पाँचौ (अन्तिम) दिन सम्म 27,655 डलर संकलन (नरउड (बिष्णुमणि आचार्य ) 5326 +स्क्यट 1200+ बेल्मोन्ट (मिलन गुरुङ ) 5267 + फ्रमिंगहाम(प्रकास अधिकारी) 2010 + समर्भिल (हजुरी दिदि ) 3588 + समेर्भिल (पुस्प श्रेष्ठ) 2330 + मेडफिल्ड (रामहरि धिताल) 2087 + वाल्थम (पुस्कर न्यौपाने) 481 + रोड आइल्याण्ड (ओम प्रकाश)1366) + कनेक्टिकट (अर्जुन देवकोटा ) 4000  सहित भब्यताको साथ् सफल भएको छ । 

यस कार्यक्रममा सहयोग गर्नु हुने संस्थाका सम्पूर्ण पदाधिकारीहरु, पाँचौ दिन सम्म निरन्तर देउसी भैलो कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कलाकारहरु, लन्डन बाट आउनु भएका अन्जन बुढाथोकी, न्युयोर्कबाट  आउनु भएका तिलक श्रेष्ठ र राज कपुर, डिसीबाट आउनु भएका मनोज महत, स्थानीय कलाकारहरु रंजन बुढाथोकी, मिन केसी, सुन्दर गुरुङ , प्रविन परियार, शिशिर पौड्याल, बासु थापा, राम थापा, महेश्वर पन्त, हरिमाया खतिवडा, सागर खतिवडा  र बिशेषत कलाकार टिम संयोजक धन कुमार गुरुङ , ब्यबस्थापकहरु, दिल खोलेर दक्षिणा  दिनुहुने आमा बा, तथा दाजु भाइ अनि दिदिबहिनिहरु साथसाथै बिभिन्न संघ संस्थाका सदस्यहरु  सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

मिलन गुरुङ 
अधक्ष् (ग्रेटर बोस्टन नेपाली कम्युनिटी)


सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको दोस्रो दिन सम्म 13,793 डलर (नरउड 5196 +स्क्यट 1200+ बेल्मोन्ट 5267 + फ्रमिंगहाम 2010) संकलन सहित भब्यताको साथ् सफल भएको छ । यस कार्यक्रममा सहयोगगर्नु हुने बिशेषत राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कलाकारहरु, ब्यबस्थापकहरु,दिल खोलेर दक्षिना दिनुहुने आमा बा, तथा दाजु भाइ अनि दिदिबहिनिहरु साथसाथै सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । 
आजको कार्यक्रम तालिका एस्तो छ ।
Hajuri Sing (128 Governor Winthrop Rd Somerville) 5:30-7:30PM
Pushpa Shreshtha( 53 Prescott ST Somerville) 8:00-9:30PM
Ram Dhital (134 Harding st Medfield ) 10:00-12PM

चितवन ज्यामिरे घरभै २००८ देखि अमेरिकाको बोस्टनमा अध्यनरत र पोहोर साल कुइंसी कलेजबाट एसोसिएट डिग्री गरेका लेलिन कंडेल गत बर्ष देखि ब्लड क्यान्सर पिडित भै उपचार गराईरहेको र पिडित कंडेलले ग्रेटर बोस्टन नेपाली कम्युनिटी मार्फत आर्थिक सहयोगको लागि अनुरोध गरेको जानकारी गराउदछौ |

तसर्थ वहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दै ग्रेटर बोस्टन नेपाली कम्युनिटीका सचिब श्री बिष्णु मणि आचार्यको संयोजकत्वमा आर्थिक संकलन कार्यक्रम सुरु गरेको जानकारी गराउदै उक्त आर्थिक कार्यक्रम संकलन गर्ने अभियानमा सम्पूर्ण बोस्टनबासि नेपाली दाजु भाई तथा दिदिबहिनिहरुमा सहयोगको लागि अनुरोध गर्दछौ |

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (परिवार)

आर्थिक सहायताको लागि कम्युनिटीका निम्न सदस्यहरु संग सम्पर्क गर्न अनुरोध गरिन्छ |
सम्पर्क :
लिला राउत (अधक्ष्)-617-838-4988
मिलन गुरुङ (उपाधक्ष्)-857-373-9686
राम थापा (महासचिब)-617-230-1194
बिष्णु मणि आचार्य (सचिब)-781-962-1976
देबी थापा ओली (कोषाधक्ष्)-781-866-2554
अर्जुन जंग कुँवर (सह-कोषाधक्ष्)-617-386-3410
भक्त गुरुङ (मेडिया डिरेक्टर)-774-232-7681
सदस्यहरु
१,बिरोचन नेपाल
2, किरण खड्का
3,पुष्प श्रेष्ठ
4,आजद प्रधान
5,सुनिल नेपाली
6,जाल प्रसाद घिमिरे
7,रबिन लामा
8,सुरेन गुरुङ
8,सुर्य लम्साल
10,अनिल गोर्खाली
11,नबराज कोइराला
12,सुदीप पोख्रेल
13,आंग दावा शेर्पा
14,यम पौडेल
सल्लाहकारहरु
1, अच्युत अधिकारी
2, डा उषा शर्मा
3, धन कुमार गुरुङ
4, काजी शेर्पा
5, सुन्दर गुरुङ
बोर्ड अफ डिरेक्टरहरु
1, सुर्य थापा
2, बिनोद ओली
3, प्रेम तामांग
4, जन्ग्बू शेर्पा
5, उत्सब गुरुङ
6, धुर्ब घिमिरे

नजिकको सहयोगीहरुको सम्पर्कको लागी
प्रबीन परियार-             617-669-5115      
रघु भट्टाराई –             617-306-6978      

ग्रेटर बोस्टन नेपाली कम्युनिटी मार्फ़त क्यान्सर पीड़ित लेलिन कंडेलको सहयोगार्थ आर्थिक सहयोग गर्नु हुने महानुभाबहरुमा हार्दिक धन्यबाद दिँदै सहयोगीहरुको नाम लिस्ट तल उल्लेख गरिएको जानकारी गराउदछौ | नाम र रकम फरक परेमा तल कम्मेंट ब़क्समा म्यासेज छोड़नु होला | (ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवार )

Donorlist for Lelin Kandel
S.NoNameAmount
1Milan Gurung101
2Ram Thapa101
3Bishnumani Acharya101
Total303


सयुंक्त देउसी भैलो कार्यक्रम 2012 बोस्टनको देउसीको चौथो दिन सम्म 23,625 डलर (नरउड (बिष्णुमणि आचार्य ) 5296 +स्क्यट 1200+ बेल्मोन्ट (मिलन गुरुङ ) 5267 + फ्रमिंगहाम(प्रकास अधिकारी) 2010 + समर्भिल (हजुरी दिदि ) 3588 + समेर्भिल (पुस्प श्रेष्ठ) 2330 + मेडफिल्ड (रामहरि धिताल) 2087 + वाल्थम (पुस्कर न्यौपाने) 481 + रोड आइल्याण्ड (ओम प्रकाश)1366) संकलन सहित भब्यताको साथ् सफल भएको छ । यस कार्यक्रममा सहयोगगर्नु हुने बिशेषत राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका कलाकारहरु, ब्यबस्थापकहरु,दिल खोलेर दक्षिना दिनुहुने आमा बा, तथा दाजु भाइ अनि दिदिबहिनिहरु साथसाथै सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । 
आज सयुंक्त देउसी भैलो कार्यक्रमको अन्तिम दिनको कार्यक्रम तालिका एस्तो छ ।
Connecticut 8:30 -11 PM at 35 Burnham Dr. West Hartford,CT (Arjun Devkota Place)

DEUSI BHAILO 2066, MEDFIELD from shiva mishra on Vimeo.


12/15/2012 :: GBNC summer BBQ 2012


Dear Greater Boston Nepali Community,
   We are organizing "GBNC summer BBQ event" on Sept 3, 2012 @Arsenal Park, 485 Arsenal St., Watertown, MA02147. Authentic Nepalese snacks with BBQ is served. We will be having friendly Football, Basketball, & Volleyball matches.
 Entry fee: $10

Sincerely,
Lila Bahadur Raut
(President-GBNC)




In the festivity celebration of Christmas, Lhochhar and New Year 2013!

GBNC Presents

A special Dj Night “Dhamaka” in the city!
DJ Tashi and Nawang are coming all the way from New York.

With local Artists:

Tickets rate $ 15 in advance and $20 @ gate !!!

Date:
Saturday December 29, 2012

Address:
400 Cardinal Medeiros Avenue
Cambridge, Massachusetts, 02141

More detail has to come……………….visit again.



ग्रेटर बोस्टन नेपलीज कम्युनिटी को आयोजनामा “G.B.N.C देउसी भैलो २००९” भब्य रुपमा सम्पन्न भएको छ | चार दिनको अत्यंत रमाइलो देउसी भैलो कार्यक्रमले नेपाली कला, सस्कृति र परम्परालाई सम्रक्षण गर्नुको साथै संस्थाले १०,७३७ डलर आर्थिक सहयोग संकलन गर्न सफल भएको छ |  
  न्यू इंग्लॅण्ड ओरपरको क्षेत्रहरु बेलमोन्ट, समरभिल, अर्लिङ्टन, ब्राइट्न, वाटरटाऊन, मेडफोर्ड, वेकफिल्ड, मेड्फिल्ड, रोक्स्बरी, रोड आइल्यन्ड र न्यू हैम्पश्यारमा बृहत् नेपाली जनसमुदयको उपस्थितिमा एतिहासिक  देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रम सफल बनाउन  संस्थाका पदाधिकारीहरु लगाएत स्थानीय कलाकारहरू, बिधार्थीहरु तथा स्व-इच्छुक अभिभाबक र  स्वोयम सेवकहरुले राम्रो सहयोग गरेका थिए | 
G.B.N.C देउसी र भैलो जता गयो उतै छ रमाइलो, होइन भने कलिलो तामालाई, सोध रामलाइ र मायालु कांको म परे गोरखाको बोस्टनमा भेट भाको जस्ता मीठा मीठा भाका र लयहरुमा गीत  गाउदै अनि नाच्दै देउसी भैलो टोली सहरको सुनसान र सुंदर बाताबरणमा बांसुरी मादाल, खैचडी अनि सारंगीको मिठो आवाज संगै देउसी र भैलेनिमा रमेका थिए |   

उत्सब गुरुङ्को अधक्षतामा भएको यस कार्यक्रममा संस्थाका उपध्क्ष ध्रुब घिमिरे, सचिब लीला राउत,कोषाधक्ष मिलन गुरुंग र सह-कोषाध्क्ष राम थापा साथै संस्थाको भू.पु अधक्षहरू,सल्ल्हाकारहरु र सदस्यहरूले  अमुल्य समय दिएर कार्यक्रम सफल बनाउन महत्वोपूर्ण भूमिका खेलेका थिए |                    

Deusi Bhailo 2066 Shyama Rai, Allston from Shiva Mishra on Vimeo.


10/05/2012 ::



आदरणिय दाजु भाई दिदी बहिनी
तथा सम्पूर्ण नेपाली बोस्टोनबासी !!!
  

ग्रेअटेर बोस्टोन नेपाली कम्युनिटी ले गत बर्ष झै यो बर्ष पनि देउसी भाईलो मनाइएको यहाँहरु सबैलाई अबगत भएको जानकारी गराउन चाहन्छु!
देउसी भाईलोमा तपाईंहरु ले आ आफ्नो क्षमता अनुसार जिबिएन्सी लाई सहयोग पुर्‍याउनु भएको मा जिबिएन्सी हजुरहरुको सहयोगको कदर गर्दै पुन एक पटक क्रितग्यता टक्र्याउछ!देउसी भाईलोको भिडियो प्राबिधिक कठिनाईले गर्दा समयमा मिडियामा उपलब्ध गराउन नसकेकोमा क्षमा चाहन्छु साथै भिडियो तपाईंहरुलाई कस्तो लाग्यो कृपया प्रतिकृयाको अपेक्क्षा गर्दछु! धन्यबाद!

शिब मिश्र 

10/05/2012 :: Rimjhim saanjh 2012




Well, the magic of 10% off on your registration ends after May 31, 2011. Congratulations if you have already registered. If you haven’t registered yet, please register now and get your 10% discount.

Tuesday, May 31 is the last day for 10% discount. If your friends and relatives have yet to register, let them to know to do so to get the 10% registration discount. Likewise, if you and your friends have not yet reserved rooms, please do so. Otherwise, you may miss your comfortable and beautiful rooms.

Here is the form for registration which you can see/access through ANA website. For event registration and room reservation, please visit ANA website - ww.ana-convention.org/2011/.




Photos